नग्न फोटो सार्वजनिक भएकी यी युवतीलाई थाइल्याण्डका राजाले बनाए दोस्री रानी
थाइल्याण्डका राजाले आफ्नी प्रेमिकाको जन्मदिनको अवसरमा उनलाई क्राउन लगाएर देशकी दोस्री रानी बनाएका छन् ।
६८ वर्षका महा वाजीरालंकर्णले मंगलबार प्रेमिका सिनिनात वोङवाजीरापक्डीको ३८ औं जन्मदिनको अवसरमा क्राउन लगाइदिएको बिल्डलाई उद्धृत गर्दै डेलीमेलले जानकारी दिएको छ ।
जन्मदिनको अवसरमा यी दुईले मिल्दोजुल्दो निलो रङको कोट लगाएका थिए । जन्मदिन बैंककमा मनाइएको थियो । सोनिनत विभिन्न विवादसहित चर्चामा आइरहन्छिन् । यसअघि उनलाई सन् २०१९ मा थाई रानीको राज्याभिषेकको क्रममा बाधा निम्त्याउने कोसिस गरेको भन्दै पक्राउ गरिएको थियो ।
सिनिनतले थाइल्याण्डमा एक पाइलटको रुपमा तालिम पनि लिएकी छिन् । यसबाहेक उनले थाई राजाको शाही बडीगार्ड युनिटमा पनि काम गरेकी छिन् । सन् २०१९ मा उनको प्रोमोशन भएको थियो र उनलाई मेजर जनरल बनाइएको थियो । केही महिना अघि उनका हज्जारौंको संख्यामा नग्न फोटो सार्वजनिक भएको थियो । थाइल्याण्डको राजासँग नजिकिएका कारण रानीले नै उनको तस्बिर लिक गराएको मान्यता राखिएको थियो ।
प्रतिक्रिया