आइतबार, २३ वैशाख २०८१

राउतलाई हिरासतमा राख्न म्याद थप्ने तयारी

समयपोष्ट २०७६ माघ १३ गते १२:३५

Advertisement

गायिका आस्था राउतलाई हिरासतमा राख्न प्रहरीले म्याद थप गर्ने तयारी गरेको छ ।

राउतविरुद्ध परेको अभद्र व्यवहारको कसूर सम्बन्धी जाहेरीमाथि अनुसन्धानका लागि म्याद थप गर्ने तयारी गरिएको हो । रातउतलाई म्याद थपका लागि जिल्ला प्रशासन कार्यालयमै लैजाने तयारी भइरहेको काठमाडौं प्रहरी परिसर, टेकुले जनाएको छ ।

सोमबार बिहान ८ बजे राउतले अभिभावकसहित महानगरीय प्रहरी परिसर टेकु पुगेर आत्मसमर्पण गरेकी हुन् । त्यसपछि थप कानूनी प्रक्रिया प्रहरीले अघि बढाइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री