शुक्रबार, १६ चैत २०८०

महानगरिय ट्राफिक प्रहरी महाशाखालाई नाडाको मोटरसाइकल सहयोग

समयपोष्ट २०७६ पुष २२ गते १९:४९

 

Advertisement

 

 

अटोमोबाइल्स एसोसिएसन अफ नेपाल नाडाले महानगरिय ट्राफिक प्रहरी महाशाखालाई मोटरसाईकल सहयोग गरेको छ ।

मंगलबार नाडा अध्यक्ष कृष्णप्रसाद दुलाल नेतृत्वमा गएको गएको १३ सदस्यिय टोलीले परिसरमै पुगि महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भिमप्रसाद ढकाललाई २०० सिसिको जेण्टलमेन मोटरसाइकलको साँचो हस्तान्तरण गरेको हो ।

विगतमा पनि आफनो सामाजिक उत्तरदायित्व अन्तर्गत ट्राफिक प्रहरी तथा प्रहरी कार्यालयहरुलाई मोटरसाइकल प्रदान गर्दे आएको नाडाले जानकारी दिएको छ । नाडाले २०६७ साल देखि नै नाडाको प्रत्येक साधारण सभामा राजधानीका उत्कृष्ट ३ जना ट्राफिक प्रहरीलाई कदर पत्र सहित प्रोत्साहन स्वरुप जनही २५००० रुपिया प्रदान गर्दे आएको छ ।

यसैगरी नाडा प्रतिनिधि मण्डल र महानगरिय ट्राफिक प्रहरी महाशाखा प्रमुखबीच राजधानीको ट्राफिक व्यवस्थापनमा देखिएका समस्याहरु र त्यसको निराकरणहरु बारे समेत विस्तृत छलफल गरेको छ ।

छलफलमा महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख ढकालले राजधानीको ट्राफिक व्यवस्थापनको सन्दर्भमा देखिएका विभिन्न समस्या र चुनौतिहरु बारे चर्चा गर्दे चालक र पैदलयाात्रुहरुको सुरक्षा र सहजताको लागि सडकको जेब्राक्रसमा रातो पहेलो र हरियो रङ्गको बत्ति राख्ने व्यवस्थाका लागि नाडासंग मिलेर काम गर्न चाहेको बताउनु भयो ।

सो छलफलको क्रममा नाडाका अध्यक्ष दुलालले महानगरिय ट्राफिक प्रहरी महाशाखा र नाडा विच विगतको समयदेखि नै हुदै आएको सहकार्य बारे चर्चा गर्नु हुदै नाडाले ट्राफिक प्रहरीको संख्या ज्यादै कम भएकोले त्यसको संख्या बृद्धि गर्न सम्बद्ध निकायहरुमा पहल गर्दे आएको बताउनु भयो ।

सोही क्रममा उहाँले महानगरिय ट्राफिक प्रहरी महाशाखाले राजधानीको ट्राफिक व्यवस्थापनमा देखाएको भूमिकाको प्रसंसा गर्दे यसलाई अझ थप सुधार गर्नु पर्ने खाँचो रहेको र नाडा त्यसका लागि सहयोग गर्न तयार रहेको बताउनु भयो । अध्यक्ष दुलालले विशेषगरी ट्राफिक प्रहरीले सडक दुर्घटनालाई सक्दो घटाउन उल्लेख भूमिका निर्वाह गर्न आग्रह गर्नु गर्दे सडकको अवस्था र राजधानीमाका पुल सक्दो चाँडो निर्माणगरी ट्राफिक व्यवस्था चुस्त बनाउन पनि अनुरोध गर्नू भयो ।

उक्त छलफलमा उपस्थित नाडाका पदाधिकारी तथा सदस्यज्यूहरुले राजधानीको ट्राफिक व्यवस्थापनमा देखिएका व्यावहारिक समस्याहरु बारे उल्लेख गर्दे त्यसको समाधानका लागि समेत आग्रह गर्नु भयो । छलफलको अन्तमा ढकालले सवारी साधन पैठारीकर्ताहरुले आफनो साधन विक्री गर्दा ग्राहकलाई ट्राफिक जनचेतना जगाउने एउटा पेपर समेत दिने व्यवस्थाका लागि आग्रह गर्नु भयो । सोही क्रममा नाडाका पदाधिकारीहरुले ब्लु बुकमा पनि यस्तै व्यवस्था हुन सकेमा ट्राफिक जनचेतना बढाउन सहयोग पुग्ने धारणा राख्नु भयो ।

उक्त छलफलमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल लगाएत नाडाका उपाध्यक्ष करण चौधरी, महासचिव सुनिल रिजाल, सचिव अनुप बराल, सहकोषाध्यक्ष विक्रम सिंहानिया र केन्द्रीय कार्य समिति सदस्य दीपक अग्रवाल, सुरज भट्टराई, मिलनबाबु मल्ल, पंकज अग्रवाल, निलमणी पाठक, प्रकाश कपुरी, कपिल शिवाकोटी र शुभासिस थपलिया समेतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री