आज कति छ सुनको मुल्य ?

केही दिनदेखि निरन्तर बढिरहेको सुनको मुल्य आज घटेको छ।

Advertisement

मंगलबार सुन ५ सयले घटेको हो । सोमबार बढेर ७६ हजार पुगेको सुनको मुल्य आज ५ सय घटेर तोलाको ७५ हजार ५ सयमा कारोबार भइरहेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन भने ७५ हजार २ सयमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ। चाँदी ९ सय रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री