आइतबार, ११ साउन २०८२

युनियन हाइड्रोको आईपिओ खुल्यो

समयपोष्ट २०७५ चैत १३ गते १२:०५

युनियन हाइड्रोपावर कम्पनी लिमीटेडले आजदेखि ३५ करोड ३४ लाख ३४ हजार रुपैयाँको साधारण सेयर जारी गरेको छ ।

कम्पनीले सर्वसाधारणतर्फ निष्कासन गरेकोमध्ये दुई प्रतिशत अर्थात ७० हजार ६६८ कित्ता कर्मचारीका लागि र बाँकी ३४ लाख ६३ हजार ६५४ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो ।

यस आईपिओ छिटोमा चैत १७ गते बन्द हुनेछ भने आवश्यक आवेदन नपरेको खण्डमा बैशाख १२ गतसम्म खुला रहनेछ। इच्छुकले लगानीकर्ताले मेरो शेयर सफ्वेयर तथा धितोपत्र बोर्डबाट आश्वा अनुमति पाएका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट ७७ जिल्लाबाटै आवेदन गर्न सकिनेछ।

लगानीकर्ताले न्युनतम ५० कित्ता र अधिकतम ३५०० कित्तासम्मको लागि आवेदन दिन सक्ने छन्। कम्पनीको सेयर निश्कासन तथा बिक्री प्रबन्ध लक्ष्मी क्यापिटल रहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री