सोमबार, ५ साउन २०८२

निजी क्षेत्रकै नम्बर १ बन्ने प्रतिश्पर्धामा एनआईसी एशिया बैंक

समयपोष्ट २०७५ माघ १८ गते १३:२०

एनआईसी एशिया बैंक लिमिटेडले सार्वजनिक गरेको चालु आ.व. २०७५/७६ को दोस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकका अधिकांश परिसूचकहरु उत्साहजनक देखिएका छन् ।

अधिकांस परिसूचकहरुमा एनआईसी एशियाले निजी क्षेत्रका ठुला बैंक नबिल र इन्भेष्टमेन्टलाई समेत उछिनिसकेको छ। ऋण लगानी, निक्षेप संकलन, व्याज आम्दानी र शाखा विस्तारमा एनआईसी एशियाले निजी क्षेत्रका सवै बैंकलाई उछिनिसकेको छ।

बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म वार्षिक विन्दुगत आधारमा १७२ प्रतिशत (रु. १ अर्ब ३५ करोड) ले वृद्धि गरी रु. २ अर्ब १४ करोडको सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ । खुद मुनाफा तर्फ वार्षिक विन्दुगत आधारमा १६४ प्रतिशत (रु. ९४ करोड) को वृद्धि सहित रु. १ अर्ब ५१ करोडको खुद मुनाफा आर्जन गर्न सफल भएको छ । गत वर्षको सोही अवधिको खुद मुनाफा रु. ५७.१८ करोड रहेको थियो ।

बैंकले वार्षिक विन्दुगत आधारमा ५३ प्रतिशत (रु. ७४ अर्ब) को वृद्धि गरी वासालातको आकार रु. २१४ अर्ब पु¥याउन सफल भएको छ । जस अन्तर्गत कर्जा तर्फ वार्षिक विन्दुगत आधारमा ४८ प्रतिशत (रु. ४८ अर्ब) को वृद्धि गरी रु. १४९.३ अर्ब र निक्षेप संकलन तर्फ वार्षिक विन्दुगत आधारमा ४६ प्रतिशत (रु. ५५ अर्र्ब) को वृद्धि गरी रु. १७५.७६ अर्ब पु¥याउन सफल भएको छ । उक्त वृद्धि नेपाली बैंकिङ् ईतिहासमा कुनै पनि बैंकले वार्षिक विन्दुगत आधारमा हासिल गरेको वृद्धिका हिसाबले हाल सम्मकै उच्च वृद्धि हो ।

बैंकले मुलुकभर २७५ शाखा कार्यालयहरु, २८९ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । करिब १४ लाख ५० हजार ग्राहकको संख्या रहेकोले बैंकलेसंस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई परिपालना गर्दै आएको छ ।

ऋणपत्रमा पनि उत्साहजनक आवेदन

एनआइसी एशिया बैंकले आइतवारदेखि निष्काशन गरेको ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्रमा पनि उत्साहजनक आवेदन परेको बैंकले जनाएको छ । बैंकले १० वर्षका लागि १० प्रतिशत ब्याजदर दिनेगरी ऋणपत्र निष्काशन गरेको छ ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ दरका कुल ४० लाख कित्ता ऋणपत्र निष्काशन गरेको छ । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम २० लाख कित्तासम्मका लागि आवेदन दिनसक्ने छन् ।

इच्छुक लगानीकर्ताले नेपाल एसबीआई मर्चेन्ट बैकिङको मुख्य कार्यालय, एनआइसी एशिया बैंकका सबै शाखा कार्यालय तथा सीआस्वा सेवा संचालनको अनुमति पाएका जुनसुकै बित्तीय संस्थाका कार्यालयबाट ऋणपत्र खरीदका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री