नेपालको सम्वृद्धिका लागि वान बेल्ट वान रोड परियोजना महत्वपूर्ण छ : प्रधानमन्त्री
समयपोष्ट
२०७३ फागुन १५ गते ७:३१
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपालको विकास र सम्वृद्धिका लागि वान बेल्ट वान रोड परियोजना धेरै महत्वपूर्ण रहेको बताएका छन् । आइतवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा ओबिओआर अन्तराष्ट्रिय प्लेटफर्मको ४१ सदस्यीय प्रतिनिधि मण्डलसंगको भेटमा दाहालले सो कुरा बताएका हुन् ।
भेटमा दाहालले चीनले अघि सारेको वान वेल्ट वान रोड परियोजना अन्तर्गतको ओबिओआर अन्तराष्ट्रिय प्लेट फर्मका ४१ सदस्यीय प्रतिनिधि मण्डलको पहलप्रति हार्दिक सह्हाना समेत ब्यक्त गरे ।
प्रधानमन्त्रीसंगको भेटमा प्रतिनिधि मण्डलले दक्षिण एशियाली मुलुकहरुमध्ये नेपाललाई चीनले धेरै महत्व दिएको र नेपालको पूर्वाधार निर्माण, उर्जा, कृषि, पर्यटनलगायतका क्षेत्रमा सघाउन आफूहरु इच्छुक रहेको बताएको थियो ।
प्रतिक्रिया