आजबाट नयाँ नोट साट्न पाइने, यी स्थानमा जानुहोस्
नेपाल राष्ट्र बैंकले आजबाट सर्वसाधारणका लागि नयाँ नोट सटहीको सुविधा उपलब्ध गराउँने भएको छ । बैंकले आइतबारबाट असोज २९ गतेसम्म नोट सटहीको सुविधा उपलब्ध गराउँने भएको हो ।
सर्वसाधारणले राष्ट्रिय वाणिज्य बैंकका कार्यालयहरु सिहंदरबारप्लाजा, टेकु, नयाँ बानेश्वर, सानो ठिमी, बिशालबजार, नक्साल, कलंकी , बालाजुबाट सटहीको सुविधा लिन सक्नेछन् । यसैगरी मुद्रा व्यवस्थापन विभाग,नेपाल बैंकको शाखा कार्यालय न्युरोड, किर्तिपुर, महाराजगंज, जोरपाटी, पाटन, औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपूरबाट पनि नयाँ नोट सटही गर्न सकिने छ ।
कृषि विकास बैंकको शाखा कार्यालयहरु गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क, स्वयम्भु र मंगलबजार शाखाबाट पनि नयाँ नोट साट्न सकिनेछ ।
उपत्यका बाहिरको जनकपुर, बिरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज, धनगढी कार्यालयहरु, नोटकोष रहेका बाणिज्य बैंकहरु, नेपाल बैंक, राष्ट्रिय बाणिज्य बैंक र कृषि विकास बैंकका शाखाबाट नोट सटही गर्न सकिने बैंकले जनाएको छ ।
५, १०, २०, ५० दरका दुई— दुई पाकेट र १०० दरका एक पाकेट गरी एकजनाले अधिकतम २७ हजार रुपैयाँसम्म सटही गर्न सक्ने छन् ।
प्रतिक्रिया