मंगलबार, १८ वैशाख २०८१

तमिलनाडु सरकारले यसकारण भन्यो जयललिता कहिले पनि गर्भवती भइनन्

समयपोष्ट २०७५ साउन ९ गते ६:३७

तमिलनाडु सरकारले मद्रास उच्च न्यायालयलाई दिवंगत मुख्यमन्त्री जयललिता कहिले पनि गर्भवती नभएको जानकारी दिएको छ । सरकारले सन् १९८० को दशकमा रकेर्ड गरिएको जयललिताको भिडियो पनि अदालतमा पेश गरेको छ ।बैंगलुरुमा बस्ने अमृता नामकी एक महिलाले जयललिताको छोरी भएको दाबी गरेकी थिइन् । मद्रास उच्च न्यायालयले यो मामलाको सुनुवाई गरेको छ ।

Advertisement

तमिलनाडुका महाधिवक्ता विजय नारायणले यसको सुनुवाईको क्रममा जयललिता आफ्नो जीवनकालमा कहिले पनि गर्भवती नभएको बताएका छन् । महाधिवक्ताले अदालतमा अमृताले दिवंगत मुख्यमन्त्रीको सम्पत्ति हाँसिल गर्न यस्तो गरेको जानकारी दिएका छन् । उनले अमृतालाई किन जयललितासँग कहिले पनि फोटो नखिचेको भनी प्रश्नसमेत सोधे ।

अमृताको जन्म सन् १९८० मा भएको बताइएको छ । नारायणले न्यायाधिस एस वैद्यनाथलाई जयललिताको सन् १९८० को भिडियो क्लिप बुझाए । जयललिताले सन् १९८० मा आयोजित फिल्म अवार्ड कार्यक्रममा भाग लिएको भिडियो बुझाइएको थियो । ‘यो भिडियो अमृता जन्मनु एक महिना अघिको हो । यसमा उनी कुनै पनि रुपमा गर्भवतीजस्तो देखिएकी छैनन्, ’ उनले दाबी गरे ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री