बुधबार, १२ कार्तिक २०८२

आफताब आलम गम्भीर बिरामी, भेन्टिलेटरमा उपचार हुँदै

समयपोष्ट २०८२ कार्तिक १२ गते २१:१२


गत जेठमा कारागारमुक्त भएका नेपाली कांग्रेसका नेता आफताब आलम गम्भीर रूपमा बिरामी भएका छन्।

Advertisement

मुटुको समस्याका कारण उनलाई हिजो काठमाडौं मेडिकल कलेजमा भर्ना गरिएको छ जहाँ भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।

पारिवारिक स्रोतका अनुसार जेठमा जेलमुक्त भएपछि ब्रेन स्ट्रोक भएका आलमले अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गराएका थिए।

ईट्टाभट्टामा जिउँदै मान्छे हालेर हत्या गरेको आरोपमा लामो समय जेल जीवन बिताएका आलमलाई गत जेठमा उच्च अदालत

वीरगञ्जले सफाइ दिएको थियो।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री