सर्वोच्चले उल्टायो ओली सरकारको निर्णय, नेप्से प्रमुख साउदलाई काममा फर्काउन आदेश
समयपोष्ट
२०७५ असार ३१ गते १०:०२
सर्वोच्च अदालतले नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदलाई काममा फर्काउन आदेश दिएको छ । आइतबार सर्वोच्चका न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले साउदलाई काममा फर्काउन आदेश दिएको हो ।
सरकारले आफूलाई गैरकानूनी ढंगले पदमुक्त गरेको भन्दै साउदले सरकारी निर्णय विरुद्ध अन्तरिम आदेशको माग गर्दे बिहीबार सर्वोच्चमा रिट दायर गरेका थिए ।
साउदले दायर गरेको रिट उपर सुनुवाई गर्दै सर्वोच्चले साउदलाई काममा फर्काउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो । गत असार २० गते तत्कालीन देउवा सरकारले निर्वाचन आचारसंहिता लागू भएपछि गरेका सबै राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया