कामना सेवा विकास बैंकले प्रकाशित गर्यो गत आर्थिक वर्षको वित्तीय विवरण
कामना सेवा विकास बैंक ले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।
विवरण अनुसार, बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ९.१९ प्रतिशतले बढेर ६३ करोड ५२ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ५८ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा वृद्धिका कारण नाफामा सामान्य वृद्धि भएको बैंकले जनाएको छ।
बैंकको खुद ब्याज आम्दानी ५.२५ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको खुद फि तथा कमिशन आम्दानी १५.०४ प्रतिशत बढेको छ भने कुल सञ्चालन खर्च ४.१९ प्रतिशत बढेको छ। बैंक्को सञ्चालन मुनाफा समीक्षा अवधिमा १.९७ प्रतिशतमात्र बढेको छ।
गत आर्थिक वर्षमा बैंकको कुल वितरणयोग्य मुनाफा ६० करोड ७४ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १७ रुपैयाँ ३० पैसा रहेको छ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३७ पैसा बढेर १८ रुपैयाँ १० पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १६८ रुपैयाँ १३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २७.६९ गुणा रहेको छ।
३ अर्ब ५१ करोड ८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २ अर्ब ३९ करोड १८ लाख रुपैयाँ रहेको छ। असार मसान्तसम्ममा बैंकले ६२ अर्ब ८३ करोड ४३ लाख रुपैयाँ निक्षेप संकलन गरी ४९ अर्ब ९६ करोड ७२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।
प्रतिक्रिया