आइतबार, २९ असार २०८२

नेपाल एसबीआई बैंकको ३२औँ वार्षिकोत्सव सम्पन्न

समयपोष्ट २०८२ असार २४ गते १८:१७


नेपाल एसबीआई बैंक लिमिटेडले ३२औँ वार्षिकोत्सव मनाएको छ। यस अवसरमा बैंकले एक शपथ ग्रहण समारोहको आयोजना गरेको थियो, जसमा एनएसबीएलका सम्पूर्ण कर्मचारीहरूले बैंकप्रतिको जिम्मेवारी र प्रतिबद्धतालाई स्वीकार गर्दै शपथ लिए।

Advertisement

कार्यक्रमलाई सम्बोधन गर्दै बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारीले बैंकले हासिल गरेका उपलब्धिहरूको चर्चा गर्नुभयो। उहाँले बैंकलाई वित्तीय सेवाको अग्रणी र पायनियरको रूपमा कायम राख्न व्यक्तिगत जिम्मेवारी लिनुपर्नेमा जोड दिनुभयो। त्यस्तै, उप-प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्दले बैंकको उपलब्धिमा योगदान पुर्‍याउने सम्पूर्ण कर्मचारीहरूलाई धन्यवाद व्यक्त गर्नुभयो र आगामी वर्षहरूमा पनि यस्तै योगदानको अपेक्षा गर्नुभयो। प्रमुख वित्तीय अधिकृत राजेश कुमार पाण्डेले सम्पूर्ण सरोकारवालाहरूप्रति कृतज्ञता व्यक्त गर्दै कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिनुभयो।

यस अवसरमा सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धतालाई सुदृढ गर्न बैंकले काठमाडौँको कमलादीस्थित कर्पोरेट कार्यालयसहित सबै प्रादेशिक कार्यालयहरूमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो। साथै, भैरहवास्थित रुपन्देहीमा अपाङ्गता भएका व्यक्तिहरूलाई ह्वीलचेयर वितरण कार्यक्रम पनि सम्पन्न गरिएको थियो।

नेपाल एसबीआई बैंकले विगत ३२ वर्षदेखि आफ्नो बैंकिङ सेवा प्रदान गर्दै आएको छ। हाल बैंकले १०१ शाखा, २२ विस्तारित काउन्टर, ७ प्रादेशिक कार्यालय, १९ शाखारहित बैंकिङ, १२५ एटीएम र काठमाडौँमा रहेको कर्पोरेट कार्यालयमार्फत सेवा प्रदान गरिरहेको छ। हालै मोरङको बेलबारीमा नयाँ शाखा सञ्चालनमा आएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री