आज मौद्रिक नीति सार्वजनिक हुँदै
समयपोष्ट
२०८२ असार २७ गते १०:१६
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति आज शुक्रबार सार्वजनिक गर्ने भएको छ। राष्ट्र बैंकले यो ५९ औं मौद्रिक नीति दिउँसो आयोजित विशेष कार्यक्रममार्फत सार्वजनिक गर्ने तयारी गरेको छ। बिहीबार साँझ सञ्चालक समितिको बैठकमा मौद्रिक नीतिको प्रस्ताव पेश गरिएको थियो, जसलाई शुक्रबार बिहानको बैठकमा अन्तिम स्वीकृति प्रदान गरिने छ।
आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा सरकारले लिएको ६ प्रतिशतको आर्थिक वृद्धि र ५.५ प्रतिशतभित्रको मुद्रास्फीति कायम गर्ने लक्ष्यलाई समर्थन गर्ने गरी विभिन्न उदारवादी व्यवस्थाहरू समेटिने भएका छन्।
प्रतिक्रिया