नयाँ गभर्नर बनाउने सहमतिसंगै नेप्सेमा उछाल
नयाँ गभर्नर नियुक्तिको सहमतिसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा उल्लेख्य वृद्धि देखिएको छ। आज सेयर बजार ४९.०९ अंक (१.८६%) ले बढेर नेप्से परिसूचक २६७७ अंकमा पुगेको छ। यद्यपि, बजार बढे पनि कारोबार रकम भने घटेको छ। हिजो ७ अर्ब ३५ करोडको कारोबार भएकोमा आज ७ अर्ब ३१ करोडमा झरेको छ।
कुल २२९ कम्पनीको सेयर मूल्य बढ्दा १५ को घट्यो र १ कम्पनीको स्थिर रह्यो। सबै सेक्टरका सूचक सकारात्मक रहे, जसमध्ये होटल तथा पर्यटन समूह ३.४२% ले सबैभन्दा धेरै उकालो लाग्यो।
अन्य सेक्टरमा बैंकिङ १.९१%, विकास बैंक २.९५%, फाइनान्स २.४४%, हाइड्रोपावर २.४५%, लगानी २.३३%, जीवन बीमा १.३२%, उत्पादन १.८९%, माइक्रोफाइनान्स १.१३%, निर्जीवन बीमा १.७४%, अन्य ०.८४% र व्यापार समूह १.४९% ले बढे।
पाँच कम्पनी– सिन्धु विकास, सप्तकोशी विकास बैंक, ओम मेगाश्री फर्मास्युटिकल्स, ग्रिन डेभलपमेन्ट बैंक र राप्ती हाइड्रोको सेयर मूल्य १०% ले बढ्यो। यस्तै, मातृभूमि लघुवित्तको ७.८३%, मनकामना इन्जिनियरिङ हाइड्रोपावरको ६.८८% र जोशी हाइड्रोपावरको ६.१४% मूल्य वृद्धि भयो।
विन नेपाल लघुवित्तको सेयर मूल्य ३.०९% ले घटेर सबैभन्दा धेरै ओरालो लाग्यो। आज सर्वाधिक कारोबार हुने कम्पनीहरूमा राधि विद्युत्, ङादी ग्रुप, युनिभर्सल पावर, सानिमा माइ हाइड्रोपावर र सोल्टी होटल शीर्ष स्थानमा रहे।
प्रतिक्रिया