बिहीबार, १ जेठ २०८२

यसकारण आज साँझ पटक पटक भएको रहेछ बिद्युत अवरुद्ध

समयपोष्ट २०८२ जेठ १ गते २१:४७

Advertisement

पूर्वी तथा मध्य नेपालका क्षेत्रमा विद्युत् प्रसारण अवरुद्ध भएपछि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्रणाली सञ्चालन विभाग, स्यूचाटारको निरीक्षण गरेका छन्।

बिहीबार साँझ पटकपटक विद्युत् अवरुद्ध भएपछि उत्पन्न परिस्थितिको स्थलगत अवलोकन गर्न निर्देशक शाक्य स्वयं विभाग पुगेर निरीक्षण गरेका हुन्।

नेपाल विद्युत् प्राधिकरणका अनुसार भारतबाट आयात हुने ढल्केवर–मुजफ्फपुर प्रसारण लाइनमा समस्या आएपछि विद्युत् आपूर्ति अवरुद्ध भएको हो।

ढल्केवर ग्रिड महाशाखाका प्रमुख बिनोद लोहनीलाई समस्या समाधानका लागि आवश्यक निर्देशन दिँदै निर्देशक शाक्यले समस्या चाँडो समाधान गर्न जोड दिएका छन्।

Advertisement

प्राधिकरणले यो समस्या प्राविधिक भएको स्पष्ट पार्दै यसलाई लोडसेडिङसँग नजोड्न आग्रह गरेको छ।

प्रवक्ता भाइराजा शिल्पकारका अनुसार भारतपट्टिको प्रसारण लाइनमा समस्या आएपछि नेपालतर्फ विद्युत् आपूर्ति प्रभावित भएको हो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री