शनिबार, ७ असार २०८२

सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्धारा मधेस प्रदेशमा न्यानो कम्बल वितरण

समयपोष्ट २०८१ माघ ७ गते १७:१५

Advertisement

सगरमाथा लुम्बिनी इन्स्योरेन्स लिमिटेडले सामाजिक उत्तरदायित्वअन्तर्गत मधेस प्रदेशका आठै जिल्लामा न्यानो कम्बल वितरण अभियान सुरु गरेको छ। यसै अभियानको पहिलो चरणअन्तर्गत पौष ७ गते पर्सा जिल्लाको पकाहमैनपुर गाउँपालिका वडा नं. ४ मा ७० जना विभिन्न वर्गका व्यक्तिहरूलाई न्यानो कम्बल वितरण गरिएको छ।

कार्यक्रममा पकाहमैनपुर वडा नं. ४ का वडा अध्यक्ष भेडी प्रसाद यादव, नेपाल बीमा प्राधिकरण मधेस प्रदेशका सहायक निर्देशक रोशन महासेठ, सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडका मधेस प्रदेश प्रमुख निशान्त कुमार लामिछाने, शाखा प्रमुख सन्दीप सिंह ठकुरी र समाजसेवी अयोध्या प्रसाद चौहानको उपस्थिति रहेको थियो।

कार्यक्रमको क्रममा कम्पनीका मधेस प्रदेश प्रमुख निशान्त कुमार लामिछानेले सगरमाथा लुम्बिनी इन्स्योरेन्सले आफ्नो सामाजिक उत्तरदायित्व पूरा गर्न सदैव अग्रसर रहेको बताउँदै यस प्रकारका कार्यले समुदायलाई प्रत्यक्ष लाभ पुर्‍याउने विश्वास व्यक्त गरे।

यस अभियान अन्तर्गत मधेस प्रदेशका अन्य जिल्लाहरूमा समेत छिट्टै कम्बल वितरण गरिने जानकारी दिइएको छ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री