बुधबार, ७ साउन २०८२

राष्ट्रिय जीवन बीमा कम्पनीद्धारा सीईओ पदका लागि पुनः दरखास्त आह्वान

समयपोष्ट २०८१ मंसिर ६ गते १२:२५


राष्ट्रिय जीवन बीमा कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि पुनः दरखास्त आह्वान गरेको छ। यसअघि आवेदन दिएका सबै उम्मेदवार अनुर्तिण भएपछि कम्पनीले दोस्रोपटक दरखास्त मागेको हो।

कम्पनीले जारी गरेको सूचनाअनुसार इच्छुक र योग्य उम्मेदवारहरूले २१ दिनभित्र रामशाहपथस्थित कम्पनीको कार्यालयमा आवश्यक कागजातसहित आवेदन दिन सक्नेछन्।

आवश्यक योग्यता र अनुभव
सीईओ पदका लागि उम्मेदवारले कम्तीमा स्नातकोत्तर वा सो सरहको शैक्षिक योग्यता हासिल गरेको हुनुपर्छ। बीमा क्षेत्रमा व्यवस्थापक तहमा कम्तीमा ५ वर्षको अनुभव,आर्थिक क्षेत्रमा कम्तीमा ८ वर्षको अनुभव, दुबै क्षेत्रमा अनुभव भएको अवस्थामा बीमामा कम्तीमा १ वर्षसहित कुल ७ वर्षको अनुभव अनिवार्य गरिएको छ।

दरखास्तमा समावेश गर्नुपर्ने विवरण
उम्मेदवारले सम्पर्क ठेगाना स्पष्ट खुलाइएको विस्तृत वैयक्तिक विवरण, शैक्षिक प्रमाणपत्र, अनुभवका प्रमाणपत्र, र व्यवसायिक कार्ययोजना सहितको निवेदन पेश गर्नुपर्नेछ।

छनोट प्रक्रिया
उक्त पदका लागि उम्मेदवारहरूको शैक्षिक योग्यता, अनुभव, र प्रस्तुत कार्ययोजनाको आधारमा मूल्यांकन गरिने छ। छनोट तथा सिफारिस प्रक्रिया कम्पनीको नीतिअनुरूप हुनेछ।

कम्पनीले योग्य उम्मेदवारहरूसँग समयमै आवेदन दिन आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री