बुधबार, २९ असोज २०८२

मन्दाकिनी हाइड्रोपावरको खुद नाफामा १६.९४ प्रतिशत वृद्धि

समयपोष्ट २०८१ मंसिर २ गते ९:५३

Advertisement

मन्दाकिनी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले २ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.९४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

विद्युत बिक्री आम्दानी सामान्य बढेको र वित्तीय आम्दानी उल्लेख्य बढेका कारण कम्पनीको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी १.७० प्रतिशत बढेर ४ करोड ४३ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कम्पनीको कुल नाफा समीक्षा अवधिमा ०.७५ प्रतिशत बढेको छ भने वित्तीय आम्दानी १७३.११ प्रतिशत बढेको छ। कम्पनीको कुल खर्च सो अवधिमा ९.२६ प्रतिशत घटेको छ।

Advertisement

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १ रुपैयाँ ९० पैसा बढेर १८ रुपैयाँ १९ पैसा पुगेको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ११० रुपैयाँ ६० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४२.७२ गुणा रहेको छ।

६१ करोड ५९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटी ६ करोड ५३ लाख रुपैयाँ रहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री