प्रधानमन्त्री कार्कीसँग दक्षिण कोरियाका राजदुत पार्कको शिष्टाचार भेट
समयपोष्ट
२०८२ असोज २९ गते २१:३३
प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तइ–योङले शिष्टाचार भेट गर्नुभएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको शिष्टाचार भेटमा दुई देशबीचको सम्बन्ध र हितका पक्षमा विचार आदानप्रदान भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
प्रतिक्रिया