बिहीबार, ३० असोज २०८२

घट्यो पेट्रोलको मूल्य

समयपोष्ट २०८२ असोज २९ गते २०:१५

Advertisement

पेट्रोलको मूल्य घटेको छ ।

नेपाल आयल निगमले बिहीबारदेखि लागु हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाएको हो ।

निगमका अनुसार काठमाडौँ उपत्यका, पोखरा र दीपायलमा पेट्रोल प्रतिलिटर १५९ रुपैयाँ, सुर्खेत र दाङमा १५८ रुपैयाँ तथा बाँकी क्षेत्रमा १५६.५० रुपैयाँ कायम भएको छ ।

डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य यथावत राखिएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री