मंगलबार, १३ साउन २०८२

आलियाको फेरी चल्यो यस्तो चर्चा

समयपोष्ट २०७५ जेठ ३ गते ८:०२

आलिया भट्ट अहिले प्रदर्शन भइरहेको फिल्म ‘राजी’का कारण चर्चामा छिन् । अभिनय मात्र नभएर कमाइका कारण पनि उनी चर्चामा छिन् ।

मेघना गुलजार निर्देशित फिल्म ‘राजी’ले ५ दिनमा ५० करोडभन्दा माथिको व्यापार गरेको भारतीय मिडियाले जनाएका छन् । लगभग ३५ करोड लागतमा बनेको फिल्ममा बिक्की कौशल, रजित कपुरलगायत कलाकारले अभिनय गरेका छन् ।

‘राजी’ साहित्यकार हरिन्दर सिक्काको उपन्यास ‘कालिंग सहमत’को कथामा आधारित रहेर बनेको हो । पाकिस्तानमा प्रदर्शनमा रोक लागेको यो फिल्ममा एक युवतीले पाकिस्तानी अधिकृतसँग बिहे गरेर जासुसी गरेको कथा छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री