सरकारले बैंक खाता रोकेपछि लाखौं यातायात मजदुरले पाएनन् तलब
समयपोष्ट
२०७५ वैशाख ३१ गते १४:२८
अखिल नेपाल मजदुर संघले यातायात व्यावसायीका बैंक खाता रोकेका कारण समग्र यातायात मजदुरमाथि अन्याय भएको बताएको छ ।
सरकार र यातायात व्यावसायीबीच ५ बुँदे सम्झौता भइसक्दा समेत बैंक खाता रोकिएका कारण झण्डै एक लाख पचास हजार मजदुर तलब र सुविधाबाट बञ्चित हुनपरेको भन्दै संघले तत्काल उनीहरुलाई तलब –भत्ता दिन माग गरेको हो ।
उक्त संगठनले सरकार र व्यावसायीबीचको सम्झौतापछि मजदुहरुको रोजगारी समेत धराप परेको जनाउँदै अब निर्माण हुने कम्पनीहरुमा उनीहरुलाई स्वतः स्थान दिन समेत माग गरेको छ ।
प्रतिक्रिया