बोतल र जर्किनमा पेट्रोल बेच्न रोक

समयपोष्ट २०७९ माघ ११ गते ८:४७

Advertisement

शरीरमा पेट्रोल छर्किएर आत्मदाह गर्ने घटना बढेपछि प्रहरीले प्रहरीले बोतल र जर्किनमा पेट्रोल बेच्न रोक लगाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँले एक सूचना जारी गर्दै बोतल, जर्किन लगायतका भाँडोमा पेट्रोलियम पदार्थको बिक्री वितरण गरिएको पाईए कारवाही गर्ने चेतावनी दिएको छ ।

काठमाडौँमा सञ्चालित केही पेट्रोल पम्पहरूबाट खुल्ला रूपमा बोतल, जर्किन लगायतका भाँडोमा पेट्रोलियम पदार्थको बिक्री वितरण भएकोबारे ध्यानाकर्षण भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसरकाठमाडौँले जारी गरेको सूचनामा भनिएको छ,‘पेट्रोल पम्पबाट सवारी साधनमा सिधै भर्ने बाहेक खुल्ला रुपामा बिक्री वितरण गरेको पाइए प्रचलित कानुन बमोजिम हदैसम्मको कारबाही हुनेछ ।’

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री