एभरेष्ट बैंकले घोषणा गर्यो लाभांश
समयपोष्ट
२०७९ कार्तिक २० गते १२:४०
एभरेष्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ।
बैंकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो।
शुक्रबार बसेको बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत बोनस शेयर र सोको बर प्रयोजनार्थ सहित ७.६८ प्रतिशत नगद लाभांश गरी कुल २०.६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।
हाल बैंकको चुक्ता पूँजी ९ अर्ब ४२ करोड ७३ लाख ४० हजार २०९ रुपैयाँ रहेको छ। १३ प्रतिशत बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पूँजी १० अर्ब ६५ करोड २८ लाख ९४ हजार ४३६ रुपैयाँ १० पैसा पुग्नेछ।
प्रतिक्रिया