शुक्रबार, ७ असार २०८१

कान्तिपुर पब्लिकेसनका अध्यक्ष कैलाश सिरोहिया पक्राउ

समयपोष्ट २०८१ जेठ ८ गते १९:०४

Advertisement

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले पक्राउ गरेको छ।

धनुषा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि मंगलबार साँझ थापाथलीस्थित कान्तिपुर कार्यालयबाट सिरोहियालाई प्रहरीले पक्राउ गरेको हो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीको टोली कान्तिपुर कार्यालय पुगेको थियो। केही समयपछि कार्यालयकै प्रमुख एसएसपी सानुराम भट्टराई पनि कान्तिपुर पुगेका थिए। उनीहरूको टोलीले कान्तिपुर अध्यक्ष सिरोहियालाई पक्राउ गरेको हो।

प्रहरीले सिरोहियालाई पक्राउ गरेपछि कान्तिपुर परिसरमा गृहमन्त्री रवि लामिछानेविरूद्ध नाराबाजी पनि भएको थियो।

Advertisement

सिरोहियाको नागरिकता नम्बर र अर्का एक व्यक्तिको नागरिकता नम्बर एउटै रहेको भन्दै जाहेरी परेको थियो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री