बुधबार, ९ जेठ २०८१

सेयर बजार २४.३९ अंकले बढ्यो , ३ अर्ब ४० करोडको कारोबार

समयपोष्ट २०८१ वैशाख ३१ गते १५:३८

Advertisement

आज नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा २४ दशमलव ३९ अंकको वृद्धि आएको छ । कारोबार सुरु भएदेखि नै बढ्न थालेको नेप्से परिसूचक अन्तिमसम्ममा १.२३ प्रतिशतले बढेर १९९८ अंकमा पुगेर रोकिएको हो ।

यसक्रममा आज १४८ वटा कम्पनीको मूल्य बढेको छ । यस्तै ८५ कम्पनीको मूल्य घट्दा ११ कम्पनीको भने स्थिर छ । परिसूचकमा उत्साहजनक वृद्धि आउँदा ६ वटा कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आज नारायणी डेभलपमेन्ट बैंक, समाज लघुवित्त, माण्डु हाइड्रोपावर, सृजनशील लघुवित्त, हिमालयन ऊर्जा विकास कम्पनी र गुराँस लघुवित्तको सेयर मूल्य सकारात्मक सर्किट लागेको हो । आज सीवाईसीएल लघुवित्तको सेयर मूल्य भने ५.६५ प्रतिशतले घटेको छ ।

नेप्से सूचक दोहोरो अंकले बढ्दा आज ३ अर्ब ४० करोड रुपैयाँभन्दा बढीको ९५ लाख ४१ हजार कित्ता सेयर किनबेच भएको छ । यसक्रममा ५ समूहको सेयर सूचक भने घटेको छ । वित्त, होटल र टुरिजम, उत्पादनमूलक, निर्जीवन बीमा समूह र व्यापार समूहमा गिरावट आएको हो ।

Advertisement

यसबाहेक सबैभन्दा धेरै जीवन बीमा समूहको सूचक बढेको छ । यो समूहको सूचक ५० अंकले बढेको छ । यसपछि बैंक समूहको सूचक ३२ अंकले बढ्दा लघुवत्त समूहमा ३० अंकको वृद्धि छ । जेठ महिनादेखि बैंकको ब्याजदर घट्ने, उत्साहजनक पछिल्लो आर्थिक तथा वित्तीय सूचक र ब्रोकर कमिसन घट्ने भएपछि सूचक बढ्न थालेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री