सोमबार, ७ जेठ २०८१

एनआरएन इन्फ्रास्ट्रक्चरले कमायो ५ करोड ५८ लाख रुपैयाँ खुद नाफा

समयपोष्ट २०८१ वैशाख २६ गते ९:३१

Advertisement

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

विवरण अनुसार गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्मम ऋणात्मक रहेको खुद नाफा, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा धनात्मक भएको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ५ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो नाफा ६७ हजार रुपैयाँ ऋणात्मक रहेको थियो।

आम्दानी घटेपनि वित्तीय सम्पत्तीको फेर भ्यालु परिवर्तनमा नाफा भएका कारण कम्पनी नाफामा पुगेको हो। समीक्षा अवधिमा कम्पनीको वित्तीय आम्दानी ३७.१६ प्रतिशत घटेको छ भने कुल आम्दानी ३६ प्रतिशत घटेको छ। समीक्षा अवधिमा कम्पनीको कुल खर्च भने २९.७५ प्रतिशत बढेको छ।

Advertisement

गत आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा ३ करोड २७ लाख रुपैयाँ नोक्सानीमा रहेको कम्पनीको वित्तीय सम्पत्तीको फेर भ्यालु परिवर्तन, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ५ करोड ७१ लाख रुपैयाँ नाफामा रहेको छ। जसका कारण आम्दानी घटेपनि कम्पनी नाफामा पुगेको हो।

चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ८ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ ६३ पैसा र मूल्य आम्दानी अनुपात ८४.८९ गुणा रहेको छ। १ अर्ब २२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको सञ्चित आम्दानी १० करोड ४१ लाख रुपैयाँ रहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री