क्लब फरेनहाइटमा कन्सर्ट, ‘राजा कुमारी’ ले नचाउनेछिन् दर्शक
समयपोष्ट
२०७८ मंसिर ९ गते १८:५७
इन्डियन–अमेरिकन र्यापर ‘राजा कुमारी’ नेपाल आउँने भएकी छन् ।
आगामी डिसेम्बर ४ मा काठमाडौंको ठमेलमा रहेको क्लब फरेनहाइटमा आयोजना हुने कन्सर्टमा प्रस्तुती दिन उनी काठमाडौँ आउन लागेकी हुन् ।
राजा कुमारीले दर्शकलाई हिन्दी तथा अङ्ग्रेजी गीतमा नचाउनेछन् ।
राजा कुमारी नेपाल ल्याउँदा विश्वमा नेपाल कोरोनाको कहरबाट मुक्त हुँदै गएको सन्देश पुग्ने क्लब फरेनहाइटले जनाएको छ । नेपालमा समेत राजा कुमारीका युवा फ्यान धेरै भएकाले उनलाई नेपाल ल्याउन लागिएको क्लब फरेनहाइटका सञ्चालक मिलन श्रेष्ठले बताए ।
राजा कुमारी डिसेम्बर ३ मा दिल्ली हुँदै नेपाल आउनेछिन् । कन्सर्टका लागि क्लबले टिकटको समेत ब्यवस्था गरेको छ ।
प्रतिक्रिया