सिइओ पौडेलको नेतृत्वको पहिलो वर्षमा नै अर्बपति क्लवमा यूनाइटेड इन्स्योरेन्स
समयपोष्ट
२०७८ असार ३१ गते १५:५४
यूनाइटेड इन्स्योरेन्स कम्पनी अर्बपति क्लवमा उक्लिएको छ ।
आर्थिक वर्ष २०७७।०७८ को अन्तिममा कम्पनीले १०० करोड माथि बीमाशुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ६९ करोड बीमाशुल्क आर्जन गरेको थियो ।
कम्पनीको संचालक समितिका अध्यक्ष रवि भक्त श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत उपासना पौडेलको नेतृत्वको पहिलो वर्षमा नै कम्पनीले यो सफलता हाँसिल गरेको हो ।
कम्पनीकोे सेवामा गरेको निरन्तर गुणस्तरिय विस्तार, शाखा विस्तार, डिजिटाइजेसनको प्रयोग, नयाँ बजार प्रवद्र्धन रणनीति, संगठनात्मक संरचनामा सुधार जस्ता क्रियाकलाप मार्फत यो सफलता हासिल गर्न सफल भएको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया