शुक्रबार, २ साउन २०८२

आइएमई जनरल इन्स्योरेन्सले घोषणा गर्यो लाभांश

समयपोष्ट २०७७ फागुन ५ गते ११:५१

आइएमई जनरल इन्स्योरेन्सले गत आर्थिक वर्षको वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को वितरण योग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र सोमा लाग्ने कर बापत चुक्ता पूँजीको ०.३७ प्रतिशत नगद लाभांश गरी कुल ७.३७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

फागुन ४ गते सम्पन्न इन्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

बीमा समितिबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश शेयरधनीहरुलाई वितरण गरिनेछ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री