सैफ अली खानसंग विवाह हुनुअघि सनी देओलसँग प्रेम सम्बन्धमा थिईन् अमृता
सैफ अली खानकी पूर्व श्रीमती तथा बलिउड अभिनेत्री अमृता सिंहको विवाह सैफ अली खानसंग सन् १९९१ मा भएको थियो ।
सैफसंग विवाह हुनुअघि अमृताको सनी देओलसँग प्रेम सम्बन्धमा थिईन् ।
सनीसँग उनको भेट सन् १९८३ मा आएको फिल्म ‘बेताब’ को सुटिङको क्रममा भएको थियो । यतिबेला उनीहरुको अफेयरको कुरा सार्वजनिक भएको थियो । तर सनी पहिलादेखि नै विवाहित थिए । यो कुरा गोप्य राखियो किनभने उनका पिता धर्मेन्द्र चाहँदैनथे कि फिल्म रिलिज हुनु अघि यो सार्वजनिक होस् ।
तर हरेक जमानामा मिडियासँग कुरा लुक्न सकेको छैन । सनी विवाहित भएको कुरा तीब्र रुपमा फैलिन थाल्यो । तर सनीले विवाहको कुरा मान्न अस्विकार गरे । किनभने सनीको बलिउड करियर र रोमान्टिक इमेजमा नकारात्मक असर पर्न सक्थ्यो । त्यसैले यो कुरा उनीहरुले दबाएर राखेका थिए ।
यस्तै सनीकी श्रीमती पूजासँग उनको विवाह एक व्यापारिक डिल अनुरुप भएको थियो । पूजा त्यतिबेला लण्डनमा बसिरहेकी थिइन् । मिडियामा खबर फैलने डरले सनी लुकीलुकी उनलाई भेट्न लण्डन जाने गर्दथे । सनीकी आमा प्रकाश कौरलाई सनी र अमृता बीचको सम्बन्धविरुद्ध थिइन् किनभने उनलाई थाहा थियो कि उनका छोरा विवाहित हुन् । अर्कोतर्फ अमृताकी आमा रुख्साना सुल्तानालाई पहिला नै यो सम्बन्ध मञ्जुर थिएन ।
एकदिन जब अमृतालाई सनी देओलको वास्तविकताबारे थाहा भयो तब उनलाई आघात पुग्यो । त्यति नै बेला अमृताले सनीलाई छोडिदिइन् ।ऐजेन्सी
प्रतिक्रिया