वोमी माइक्रोफाइनान्सको सेयरमूल्य समायोजन
समयपोष्ट
२०७४ कार्तिक १६ गते ५:३६
वोमी माइक्रोफाइनान्सको सेयरमूल्य बिहीबार समायोजन भएको छ । कम्पनीको २० प्रतिशत बोनसपछि समायोजन भएको हो । कम्पनीको समायोजित सेयरमूल्य १५५० रुपैयाँ निर्धारण भएको छ । उसको औसत आधार मूल्य १४२९ रुपैयाँ कायम भएको नेप्सेले जनाएको छ । विहीबार कम्पनीको सेयर कारोबार यहि मूल्यलाई आधार मानेर खुला हुनेछ ।
प्रतिक्रिया