अनामनगरस्थित मेलम्ची खानेपानी आयोजनाको कार्यालयमा छापा
समयपोष्ट
२०८२ असोज २८ गते १९:०६
मेलम्ची खानेपानी आयोजनासँग सम्बन्धित भ्रष्टाचारको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको अनामनगरस्थित योजना कार्यान्वयन निर्देशनालयमा छापा मारेको छ।
मंगलबार साँझ अख्तियारको टोलीले उक्त कार्यालयमा छापा मारेर आवश्यक कागजातहरू नियन्त्रणमा लिएको स्रोतले जनाएको छ।
आयोजनाका ठूलो मात्रामा पाइपहरू बिक्री वितरण गरेको गोप्य सूचनाका आधारमा यो कारबाही भएको हो। विशेष गरी पाइप खरिद प्रक्रियामा व्यापक अनियमितता र भ्रष्टाचार भएको आरोपमा अनुसन्धान थालिएको बताइएको छ।
अख्तियार स्रोतका अनुसार, छापा मार्ने क्रममा कार्यालयका महत्वपूर्ण दस्तावेज, कम्प्युटर फाइलहरू र अन्य प्रमाणहरू जफत गरिएका छन्।
प्रतिक्रिया