कतै तपाईले पनि घर सजाउन यस्ता तस्विरहरु राख्नु भएको त छैन ? तुरुन्तै हटाउनुहोस्
वास्तुशास्त्रको अनुसार घरमा मुर्ति तथा तस्विरहरु राख्नबाट जोगिनुपर्छ ।
मानसार, समरांगणसूत्रधार, प्रासाद मण्डन र वृहत्संहिता जस्ता वास्तु ग्रन्थमा घरको सजावट र अन्य वस्तुको बारेमा सविस्तार बर्णन गरिएको छ । सोही ग्रन्थका अनुसार घरमा राखिएको वस्तुले त्यस घरका मानिसहरुमा शुभ अशुभ प्रभाव पार्ने गर्छन् । त्यसकारण घरमा मुर्ति अथवा तस्विर राख्दा सावधानी अपनाउनुपर्ने छ ।
समरांगण सूत्रधार घड अध्याय का अनुसार गिद्ध, उल्लू, परेवा, कौआ, बाज र बकुल्लाजस्ता पंक्षीका चित्र ढोका बनाउँनु हुँदैन । साथै घरमा राख्नु पनि शुभ मानिदैन ।सर्प गोही जस्ता जलचर र उनका जस्ता आकृती भएका चिज पनि राख्नु हुँदैन । दोष लाग्छ ।
त्यस्तै सुगुर,बाँदर,ऊट,सिंह,स्याल,बिरालो जस्ता पशुका तस्विर पनि राख्नु हुँदैन । रामायण,महाभारत लगायत युद्धसंग सम्बनिध तस्विर शुभ मानिदैन । यसका साथै इतिहास र पुणाणमा बताईएका पात्रहरुको तस्विर समेत घरमा राख्नु हुँदैन । रुदै गरेका मानिस,राक्षस,भूत प्रेतका भयंकर चित्र पनि घरमा हुनु शुभ मानिदैन । एजेन्सी
प्रतिक्रिया