सोमबार, ५ साउन २०८२

मन्थलीमा सन्राइज बैंकको १२२ औँ शाखा संचालनमा

समयपोष्ट २०७६ भदौ १९ गते १९:५८

सन्राइज बैंकले मन्थलीमा १२२ औँ शाखा संचालनमा ल्याएको छ ।

शाखाको बिहीबार मन्थली नगरपालिका मेयर रमेश कुमार बस्नेत, बैंकका संचालक समिति सदस्य दीपक नेपाल र बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रुपमा उद्घाटन गरे ।

सोहि कार्यक्रममा रमेश कुमार बस्नेत र दीपक नेपालले संयुक्त रुपमा ए. टि. एम. को उद्घाटन समेत गरे । उक्तकार्यक्रममा बैंकका अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो।

हालसम्म बैंकले १२२ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ६ वटा एक्सटेन्सन काउण्टर र १४२ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री