बुधबार, २ जेठ २०८१

पाल्पामा ग्लोबल आइएमई बैंकको दुई नयाँ शाखा विस्तार

समयपोष्ट २०७५ पुष १६ गते ११:४०

Advertisement

ग्लोबल आइएमई बैंक लिमिटेडले एक साथ दुई नयाँ शाखा विस्तार गरेको छ । बैंकले पाल्पास्थित तानसेन र पूर्वखोलामा नयाँ शाखा विस्तार गरेको हो । शाखाको आइतबार नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीवि नेपाल र तानसेन नगरपालिकाका मेयर कुमार शाहीले संयुक्त रुपमा उद्घाटन गरे ।

शाखाको उद्घाटन गर्दै गभर्नर नेपालले पाल्पा जिल्ला लगायत देशका अन्य जिल्लाहरुमा ग्लोबल आइएमई बैंकले बिस्तार गरेको सेवा सञ्जालले देशको समग्र आर्थिक वृद्धिमा उल्लेखनिय टेवा पुगेको बताए ।

कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले सुविधा सम्पन्न स्थानमा मात्र नभएर विकट क्षेत्रमा समेत पुगेर बैंकले सेवा दिएको बताए । उनले सबै वर्ग र क्षेत्रलाई बैंकिङ्ग पहुँचमा ल्याउने बैंकको उद्धेश्य रहेको स्पष्ट पारे । उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, बुद्धिजिवी तथा स्थानीयवासीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

हाल बैंकले १३३ शाखा, १४१ एटिएम, ७ एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र ११५ शाखा रहित बैंकिङ्ग सेवा, विदेशमा ३ प्रतिनिधि÷सम्र्पक कार्यालय मार्फत ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री