शनिबार, ५ जेठ २०८१

सेयर बजारमा ६ अंकको गिरावट

समयपोष्ट २०७५ पुष ९ गते ९:२७

सेयर बजार आज ओरालो लागेको छ । आज नेप्से परिसुचक ६.४५ अंकले घटेर ११९१.७४ अंकमा झरेको छ । आज सेयर बजारमा १ सय ६८ कम्पनीका २२ लाख कित्ता सेयर ७९ करोड रुपैयाँमा किनबेच भएको छ । आज सबैभन्दा बढी एनएमबि बैंकको सेयर किनबेच भएको छ ।
आज चार समुह नेप्से उपसुचक बडेका छन् भने अन्य सबै समुह उपसुचकहरु घटेका छन् ।

Advertisement

आज बाणिज्य बैंक समुह उपसुचक १०.३२, ब्यापार ११.४,होटल ३२.६६, विकास बेंक १७.५,जलविद्युत ३.९२,निर्जिवन बिमा २०.४७ र लघुविक्त समुह ६८.२८ अंकले घटेका छन् । त्यस्तै फाइनान्स समुह ५,उत्पादनमुलक समुह २.७९,अन्य ३.०४ र जीवन बिमा समुह ६८.२८ अंकले बढेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री