बिहीबार, १३ वैशाख २०८१

रसियन सैन्य विमान दुर्घटनाग्रस्त अवस्थामा भेटियो

समयपोष्ट २०७३ पुष १० गते ९:४५

 यात्रु सहितको रसियन सैन्य विमान ब्ल्याक सीमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । उडान भरेको २० मिनेटमा नै विमान  वेपत्ता भएको  थियो  । टीयू-१५४ विमान सोचीबाट डेढ किलोमिटरको दुरीमा रहेको ब्ल्याक सीको करिब ५० देखि ७० मिटर गहिराईमा फेला परेको रुसी रक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विमानमा सैनिक, सैन्य म्युजिक ब्याण्ड, पत्रकारसहित ९२ जना थिए । विमान सीरियाको लटाकिया प्रान्त जाँदै गरेको विमान बिहान ५:२0 मा  सोची एडलर एयरपोर्टबाट उडेको थियो । रुसी सेनाका प्रवक्ताका अनुसार विमानमा सवार व्यक्तिहरु सीरियामा तैनाथ रुसी सेनाका जवानहरुको नयाँ वर्षको कार्यक्रममा सहभागी हुन जाँदै थिए । 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री