सकियो प्रचण्ड-ओलीबिचको छलफल

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिचको साढे दुई घण्टा लामो छलफल सकिएको छ ।

Advertisement

प्रचण्ड निवास खुमलटारमा बुधबार भएको दुई नेताबिचको छलफलमा केन्द्रीय सरकार विस्तार र प्रदेश सरकार गठनबारे सामान्य कुराकानी भएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले बताए ।

मुलत सरकारको नीति तथा कार्यक्रम र सरकारी कामकारवाहीलाई प्रभावकारी बनाउने विषयमा कुराकानी भएको उनले बताए ।

प्रधानमन्त्री प्रचण्ड र ओलीबिच बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पनि छलफल गर्ने तय भएको मल्लले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री