आइतबार, २३ वैशाख २०८१

नेप्सेले घोषणा गर्याे शतप्रतिशत लाभांश

समयपोष्ट २०७९ पुष ७ गते १०:३८

Advertisement

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले गत आर्थिक वर्षको नाफाबाट एक्सचेन्जले शतप्रतिशत लाभांश घोषणा गरेको छ ।

नेप्सेको पुस ६ गते बसेको सञ्चालक समिती बैठकले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीहरुलाई १ सय प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

नेप्सेले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजी १ अर्बको १ सय प्रतिशत अर्थात् १ अर्ब रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लाभांश अनुमोदन गर्न नेप्सेले पुस २९ गते साधारण सभा आह्रान गरेको छ ।

Advertisement

सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरण, नेप्सेको सहायक कम्पनी सिडिएस एण्ड क्लियरिङ्गको वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण र आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि तोकिनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री