आइतबार, २३ वैशाख २०८१

पोखरा फाइनान्सको लाभांश घोषणा

समयपोष्ट २०७९ पुष ५ गते १०:३१

Advertisement

पोखरा फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

फाइनान्सको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो।

फाइनान्सले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशतले हुन आउने ४ करोड १६ लाख ३६ लाख ७९२ रुपैयाँ ५२ पैसा बराबरको बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२१ प्रतिशतले हुन आउने २१ लाख ८५ हजार ९३१ रुपैयाँ ६१ पैसा बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री