शुक्रबार, १४ वैशाख २०८१

सन्राइज फोकस्ड इक्विटी फण्ड योजनालाई स्विकृत

समयपोष्ट २०७९ मंसिर २१ गते १९:११

Advertisement

नेपाल धितोपत्र बोर्डले सन्राइज बैंक लिमिटेडद्धारा प्रवद्र्धन गरिएको तथा सन्राइज क्यापिटल लिमिटेडद्धारा व्यवस्थापन गरिने सन्राइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सन्राइज फोकस्ड इक्विटी फण्ड योजनालाई स्विकृति प्रदान गरेको छ ।

बोर्डले सन्राइज फोकस्ड इक्विटी फण्ड योजनालाई सोमबार स्विकृति प्रदान गरेको हो ।

योजनाको आकार प्रति इकाई मुल्य रु. १० को १२०,०००,००० इकाई गरि जम्मा रु. १,२००,०००,००० को रहेको छ ।

यो एक बन्दमूखी सामूहिक लगानी कोष योजना हो ।

सन्राइज क्यापिटल लिमिटेडले हाल सन्राइज फस्र्ट म्युचुअल फण्ड तथा सन्राइज ब्लूचिप फण्ड गरि दुईवटा बन्दमूखी सामूहिक लगानी कोष योजनाहरु सञ्चालन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री