शनिबार, १५ वैशाख २०८१

हिमालयन रिको नायब प्रमुख कार्यकारी अधिकृतमा उपासना नियुक्त

समयपोष्ट २०७९ मंसिर १५ गते ९:५९

Advertisement

हिमालयन रि इन्स्योरेन्स कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृतमा उपासना पौडेल नियुक्त भएकी छन् ।

२०७८ सालमा युनाईटेड इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त भएकी पौडेलले केही समयअघि मात्र कम्पनीबाट राजिनामा दिएकी थिईन् । त्यस लगत्तै उनी हिमालय रि को नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएकी हुन् ।

बीमा क्षेत्रकै पहिलो र एक मात्रै महिला सिइओको उपाधी पाएकी पौडेलले भारतको दिल्ली विश्वविद्यालयको फ्याकल्टी अफ म्यानेजमेन्ट स्टडीजबाट एमबीए गरेकी छन् ।

उनीसँग भारतको आइसीआइसीआइ जनरल इन्स्योरेन्स कम्पनीमा काम गरेको समेत अनुभव छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री