सुस्मिता सेनको प्रेमी रोहमनसँग ब्रेकअप

 

Advertisement

अभिनेत्री सुस्मिता सेनको प्रेमी रोहमन सलसँग ब्रेकअप भएको छ ।

सुस्मिताको घरमा बस्दै आएका रोहमनले आफ्ना सबै सामान लिएर साथीको घरमा बस्न थालेका छन् ।

सुस्मिता र रोहमन निकट स्रोतका अनुसार उनीहरुले ब्रेकअपको बारेमा मुख नखोले पनि यो जोडीबीच केही समययता खटपट रहदै आएको थियो ।

सुस्मिता विगत अढाई वर्षदेखि रोहमनसँग डेटमा थिइन् । रोहमन र सुस्मिताको उमेरमा करिब १६ वर्षको फरक छ । सुस्मिता ४६ वर्षकी र रोहमन ३० वर्षका छन् । उनीहरु लिभ–इन–रिलेसनसिपमा थिए ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री