शुक्रबार, ४ जेठ २०८१

सिद्धार्थ बैंकको प्रमुख कार्यकारी अधिकृतमा कडेल नियुक्त

समयपोष्ट २०७८ मंसिर २८ गते १२:१०

Advertisement

सिद्धार्थ बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सुन्दरप्रसाद कडेल नियुक्त भएका छन् ।

सोमबार बसेको बैंक संचालक समितिको ३८५ औं बैठकले कडेललाई सीईओ नियुक्त गरेको हो ।

योसँगै सीईओ कडेलले अब २०७८ मंसिर २७ गतेदेखि चार वर्ष बैंकको नेतृत्व सम्हाल्नेछन् । यसअघि उनी सोही बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (डपुटी सीईओ) रहेका थिए । गत साउन, २०७८ मा कडेलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको थियो ।

गत साउनमा नै बैंकका निवर्तमान सीईओ शम्भुनाथ गौतमको कार्यकाल समाप्त भएसँगै उक्त पद खाली रहँदै आएको थियो । करिब चार महिनापछि बैंकले नयाँ सीईओ पाएको हो ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री