आइतबार, ६ जेठ २०८१

थाइल्याण्डका राजाकी ३५ बर्षिय प्रेमिकाको नग्न तस्विर लिक भएपछि….

समयपोष्ट २०७७ पुष ८ गते १७:४१

Advertisement

थाइल्याण्डका राजा महा वाजिरालोंगकोर्नकी प्रेमिका सिनित वोंगवजिरापकडीको नग्न तस्विरसहित एक हजार तस्विरहरु सार्वजनिक भएका छन् ।

राजाकी श्रीमती सुथिडा र प्रेमिका सिनितबीच झगडाका कारण तस्बिर लिक भएको अनुमान धेरैको छ । सुथिडा थाइल्याण्डकी रानी हुन् ।

थाइल्याण्डका राजाकी प्रेमिका सिनितको फोटो यस्तो समयमा लिक भएको छ जब उनी जेलबाट बाहिर निस्किएर राजाको नजिक पुगेकी छिन् । गत वर्ष आश्चर्यजनक रुपमा प्रेमिकालाई जेलमा बन्द गरिएको थियो । उनीमाथि रानीको छवि खराब गरेको आरोप लागेको थियो ।

डेली मेलका अनुसार सिनितको नग्न तस्बिर थाइल्याण्डमा राजशाहीविरुद्ध विरोध प्रदर्शन गरिरहेका आन्दोलनकारीलाई पनि पठाइएको छ । यी तस्बिर सन् २०१२ देखि २०१४ बीच खिचिएको हो । सुनित आफैंले नै यी तस्बिर खिचेको बुझिएको छ ।

Advertisement

थाइल्याण्डका राजशाहका आलोचक रहेका बेलायती पत्रकार म्याकग्रेगर मार्शललाई पनि सिनितको तस्बिर पठाइएको छ । थाइल्याण्डका ६८ वर्षका राजा वजिरालोंगकोर्नले सन् २०१९ मा सुथिडासँग विवाह गरेका थिए जसले रानीको दर्जा पाएकी छिन् । यसअघि पनि राजाले तीन विवाह गरेका थिए र उनका सात सन्तान छन् । यद्यपि, अघिल्ला तीन श्रीमतीसँग उनको सम्बन्धविच्छेद भइसकेको छ ।

४२ वर्षक सुथिडा र ३५ बर्षकी सिनित दुबैले राजाको महलमा वरिष्ठ अधिकारीको रुपमा काम गरिसकेका छन् । सुथिडा महारानी हुनुअघि थाई एयरवेजमा फ्लाइट क्रुको रुपमा काम गरेकी थिइन् जबकी सिनत आर्मी नर्स थिइन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री