प्रधानमन्त्री ओलीले बोलाए आफू पक्षीय नेताहरुको भेला

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले सोमबार आफू पक्षीय नेताहरूको भेला बोलाएका छन्।

Advertisement

ओलीले भोलि बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा आफू पक्षीय नेताहरूको भेला बोलाएको बताईएको छ । भेलामा ओली पक्षीय विघटित प्रतिनिधिसभाका सांसद र केन्द्रीय नेताहरूको उपस्थिति हुने छ ।

कार्यकारी अध्यक्ष पुष्ककमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल पक्षका नेताहरु सम्मेलित बैठकले लिएको निर्णयबारे रणनीति बनाउन भेला बोलाइएको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री