शुक्रबार, ९ साउन २०८२

कोरोना भाइरसबाट मर्ने बिरामीहरुको शव परीक्षणको क्रममा फेला पर्यो डरलाग्दो तथ्य, संक्रमणबाट सुरक्षित बनौँ

समयपोष्ट २०७७ मंसिर २६ गते ११:२६

कोरोना भाइरस संक्रमणका बिषयमा विभिन्न देशका वैज्ञानिकहरुले अनुसन्धान गरिरहेका छन् । साथै यो बिषयमा नयाँ नयाँ तथ्य फेला परेको समेत छ । हालै मात्र वैज्ञानिकहरुले कोरोनाभाइरस बारे नयाँ तथ्य फेला पारेका छन् ।

शिकागोको नर्थवेस्टर्न मेमोरियल अस्पतालका अनुसन्धानकर्ताहरुले कोरोना भाइरसले फोक्सोलाई पूर्ण रुपमा क्षतिगग्रस्त बनाउने पत्ता लगाएका छन् । यस्तो अवस्थामा बाँच्नका लागि फोक्सोको प्रत्यारोपण एक मात्र विकल्प हुने समेत बताईएको छ ।

यसअघिका अनुसन्धानमा वैज्ञानिकहरुले कोरोना भाइरसले फोक्सोलाई नोक्सान पुर्याइरहेको बताउँदै आएका थिए।

कोभिड–१९ का कारण फोक्सोको प्रत्यारोपण गर्ने बिरामी र भाइरसबाट मर्ने बिरामीहरुको शवको परीक्षणका क्रममा शोधकर्ताहरुले मानिसको फोक्सोमा भाइरसको विनाशकारी प्रभाव बारे पत्ता लगाएका हुन् । प्रत्यारोपण अथवा क्षतिग्रस्त फोक्सोलाई हटाएपछि रोगी तीव्र गतिमा ठीक हुँने समेत अनुसन्धानले बताएको छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री