बिहीबार, १५ चैत २०८०

साताको अन्तिम दिन पनि सेयर बजारमा सुधार आएन ।

समयपोष्ट २०७४ पुष ६ गते १०:००

बिहीबार नेप्से परिसुचक १२.३२ अंकले घटेर १४७२.१५ अंकमा ओर्लिएको छ।  यसदिन १ सय ५३ कम्पनीका ९ लाख ९० हजार कित्ता शेयर ४७ करोड रुपैयाँ बराबरमा किनबेच भएको छ । यसदिन  सबैभन्दा बढी स्ट्याण्डर्ड चार्टड बैंकको तीन करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भयो ।

Advertisement

यसदिन उत्पादन मुलक समूह बाहेकको सबै उपसूचक घटेका छन् । उत्पादन मुलक समूह ०.५९ प्रतिशतले बढेको छ । बैंक ०.४८, ट्रेडिङ ०.४८, होटल ०.५२, विकास बैंक १.१४, जलबिद्युत १.१२, फाइनान्स ०.३७, बीमा १.०१, अन्य २.६५ र लघुवित्त १.१७ अंकले घटेको छ।

यसदिन   महुली सामुदायिक लघुबित्तका शेयरधनीले करिब सात प्रतिशत कमाएका छन् । बिजय लघुवित्त वित्तीय संस्थाका शेयरधनीले करिब ६ प्रतिशत गुमाए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री